नर सेवा नै नारायण सेवा
सेवा यत्र मानवमा ईश्वरको स्वरूप देखिन्छ।
आरती भोग परिवार
हाम्रो परिचय — नाफा रहित संस्था
आरती भोग परिवार पूर्ण रूपमा नाफा रहित (Non-Profit) संस्था हो। यसको आर्थिक लाभ होइन, सेवा नै मूल उद्देश्य हो। करुणा र मानवताको पवित्र अभ्यास हो।
हाम्रो सम्पूर्ण उद्देश्य भनेको कुनै पनि सहयोग, दान र योगदानलाई कुनै व्यक्तिगत वा व्यावसायिक लाभका लागि प्रयोग नगरी विपन्न बिरामी, कुवारा र असहाय रहीका व्यक्तिहरूको भोजन, उपचार सहयोग र राहत सेवामा समर्पित गर्नु हो।
सेवा, स्नेह र मानवताको पवित्र अभियान — "नर सेवा नै नारायण सेवा हो" भन्ने सनातन धर्मको दिव्य आदर्शलाई आत्मसात् गर्दै आरती भोग परिवारले मानव सेवाको प्रवर्द्धनलाई निरन्तर अगाडि बढाइरहेको छ।
वि.सं. २०८१ साल मंसिर ३० गते पावन धान्यपूर्णिमा (यमरी पूर्णिमा) को शुभ अवसरमा शुभारम्भ भएको यस सेवामूलक अभियानले समाजका दुःखी, पीडित र अभावग्रस्त मानिसहरूको जीवनमा आशा, आत्मबल र सहयोगको योगदान दिन उद्देश्य राखेको छ।
धार्मिक आस्था, करुणा र परोपकारको भावनाबाट प्रेरित भई स्थापना भएको आरती भोग परिवार आज सेवा धर्मलाई जीवित पार्न संस्थाको रूपमा परिचित बन्दै गएको छ।
डा. बिनुबाबा अर्यालको अध्यक्षतामा विधिवत् दर्ता भएको यस संस्थाले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत बिरामीका कुवाराहरूलाई दैनिक निःशुल्क भोजन वितरण गर्दै आएको छ।
अस्पतालको कठिन परिस्थितिमा दिनरात बिताइरहेका परिवारहरूलाई भोजन उपलब्ध गराएर संस्थाले मानवताको सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यसैगरी, आर्थिक रूपमा अत्यन्त कमजोर तथा असहाय बिरामीहरूलाई आवश्यक नगद सहयोग दान गरी संकटमा राहत र आशाको आधार बन्ने प्रयास गरिरहेको छ।
आरती भोग परिवारका लागि सेवा केवल सामाजिक उत्तरदायित्व होइन — यो ईश्वरप्रतिको समर्पण र धर्मको वास्तविक साधना हो। संस्थाको मूल विश्वास छ: प्रत्येक भोकाएको पेटमा अर्पण गर्नु भनेको भगवानलाई नै नैवेद्य चढाउनु हो; प्रत्येक आँसु पुछ्नु भनेको पुण्य संचय गर्नु हो; र प्रत्येक सेवाको कार्य वास्तवमा ईश्वरको आराधना हो।
यही भावनाका साथ संस्थाले भोजनलाई प्रसाद, सहयोगलाई करुणा र सेवालाई साधनाको रूपमा अँगाल्दै आएको छ।
"सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः" भन्ने वैदिक मंगलकामनालाई आत्मसात् गर्दै आरती भोग परिवारले समाजमा प्रेम, स्नेह, सहानुभूति र सहयोगको संस्कार विस्तार गर्न संकल्प लिएको छ।
आज आरती भोग परिवार केवल एउटा संस्था मात्र होइन — मानवता, धर्म, करुणा र निःस्वार्थ सेवाको पवित्र तीर्थ बन्दै गएको छ। आगामी दिनहरूमा पनि पीडित, असहाय र आवश्यकतामा रहेका मानिसहरूको जीवनमा आशा र सहयोगको योगदान फैलाउँदै सेवा धर्मको यात्रालाई अझ सशक्त बनाउने दृढ संकल्पका साथ संस्था अगाडि बढिरहेको छ।
अन्नदान नै भगवानको परम सेवा हो
आरती भोग परिवार एक सेवामूलक संस्था हो। दान, सहयोग र योगदान कहिल्यै कुनै व्यक्तिगत वा व्यावसायिक लाभमा प्रयोग हुँदैन।
हामी खानालाई प्रसादको रूपमा बाँड्छौं, सहयोगलाई करुणा र सेवालाई आध्यात्मिक अभ्यासको रूपमा अँगाल्छौं।
वि.सं. २०८१ मंसिर ३० गते धान्यपूर्णिमाको शुभ अवसरमा आरम्भ भएको यो अभियान धर्म, दया र परोपकारको आध्यात्मिक संकल्पबाट प्रेरित छ।
डा. बिनुबाबा अर्यालको अध्यक्षतामा विधिवत् दर्ता भएको संस्थाले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा बिरामीका कुवाराहरूलाई दैनिक निःशुल्क भोजन वितरण गर्दै अन्नदान महादानको परम्परालाई निरन्तरता दिइरहेको छ।
आर्थिक रूपमा असहाय बिरामीहरूलाई नगद सहयोग दान गरी दुःखमा साथ दिने करुणामय सेवा पनि संस्थाको महत्वपूर्ण कार्य हो।
आरती भोग परिवारका लागि सेवा केवल सामाजिक उत्तरदायित्व होइन — यो ईश्वरप्रतिको समर्पण र धर्मको वास्तविक साधना हो।
संस्थाको मूल विश्वास छ कि प्रत्येक भोकाएको पेटमा अर्पण गर्नु भनेको भगवानलाई नै नैवेद्य चढाउनु हो, प्रत्येक आँसु पुछ्नु भनेको पुण्य संचय गर्नु हो, र प्रत्येक सेवा नै ईश्वरको आराधना हो।
सेवालाई पूजा मान्ने संस्कार — भोजन वितरणलाई भगवानलाई अर्पण गर्ने प्रसादको रूपमा लिन्छौं।
सेवालाई पूजा मान्ने संस्कार — प्रत्येक सेवाग्राहीमा नारायणको स्वरूप देख्छौं।
धान्यपूर्णिमाको पावन संकल्पबाट प्रारम्भ — वि.सं. २०८१ मंसिर ३० गते धार्मिक, दयालु र परोपकारी संकल्पबाट प्रेरित।
दैनिक अन्नदानको निरन्तर साधना — शहीद गंगालाल केन्द्रमा बिरामीका कुवाराहरूलाई दैनिक निःशुल्क भोजन।
करुणा र सहयोगको जीवन्त अभ्यास — भोजनमा मात्र सीमित होइन, आर्थिक रूपमा असहाय बिरामीहरूलाई नगद सहयोग।
निःस्वार्थ सेवा — सेवाको आधार चार होइन पुण्य हो; दर्शन होइन समर्पण हो; लाभ होइन लोककल्याण हो।
धर्म र मानवताको सुन्दर संगम — समाजमा स्नेह, सहानुभूति र परोपकारको संस्कार फैलाउने प्रतिबद्धता।
प्रत्येक दानलाई पुण्ययज्ञको रूपमा — पीडितहरूको जीवनमा आशा र राहतको किरण फैलाउने विश्वास।
“नर सेवा नै नारायण सेवा” को जीवन्त अभ्यास — मानवताको सेवामार्फत नै ईश्वरको साँचो आराधना सम्भव छ।
हाम्रो मूल मन्त्र: “अन्नदान नै भगवानको परम सेवा हो”
सेवा यत्र मानवमा ईश्वरको स्वरूप देखिन्छ।
दैनिक भोजन वितरणलाई पुण्यको साधना र प्रसादको रूपमा अँगाल्ने।
असहाय र पीडितप्रति समर्पण र संवेदनाको भाव।
सहयोग र सेवा कुनै स्वार्थ वा देखावट बिना।
धर्म केवल पूजा होइन — वास्तविक जीवनमा सेवा।
पीडित र असहायमा जीवनको योगदान विस्तार।
सबैसँग समान भाव, सहयोग र मेलमिलापको संस्कार।
प्रत्येक दान र सेवा पवित्र अर्पणको रूपमा समर्पण।
आरती भोग परिवारले दुःखी, असहाय र जरुरतमन्द मानिसहरूसम्म सेवा पुगाउन नेपालभरका विभिन्न स्वास्थ्य र सामाजिक संस्थाहरूमा सक्रिय रूपमा काम गर्दै आएको छ।
जहाँ हामी पुग्छौं, त्यहाँ “सेवा नै पूजा” र “नर सेवा नै नारायण सेवा” को दर्शन प्रकट हुन्छ।
जहाँ आवश्यकता छ, त्यहाँ हाम्रो सेवा छ। जहाँ भोक छ, त्यहाँ हाम्रो प्रेम र सम्मान छ।