१. अस्पताल प्रसाद भोज
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत बिरामीका कुवाराहरूलाई दैनिक निःशुल्क, तातो र पौष्टिक भोजन वितरण। अस्पतालको कठिन परिस्थितिमा दिनरात बिताउने परिवारहरूलाई भोजन उपलब्ध गराउनु हाम्रो मुख्य सेवा हो — खाना प्रसादको रूपमा, परमात्माको सेवा सम्झेर बाँडिन्छ।